Sujang

साइन नेपालद्वारा डोटीका तिन पालिकाका कृषक समूहहरूलाई मिनी ट्रेलर वितरण 

धन बहादुर बोहरा ,कार्तिक ११, सिलगढी: मानवीय सेवामा अनेकौँ प्रयास साइन नेपालनामक संस्थाले कृषक समूहहरूलाई कृषिमा आधुनिकीकरण गर्न मिनी  ट्रिलर वितरण गरेको छ ।आइतबार  जिल्लाको पुर्वीचौकी आदर्श गाउँपालिका र शिखर नगरपालिकाका गरेर ८ ओटा कृषक समूहहरूलाई  प्रति समूह एक मिनी ट्रिलर  वितरण गरेको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताए ।
यो सँगै  आइतबार उक्त संस्थाले मातृ शिशु आहार वितरण कार्यक्रम  अन्तरगत जिल्लाको पुर्विचौकी-१ फुलौट १ वर्ष मुनिका बच्चाहरूका ५५ जना आमाहरूलाई  पौष्टिक खाद्यपदार्थ काजु, अण्डा , तेल,लेटो, चना  वितरण  गरेको छ।
उक्त संस्थाले सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पालिकाहरूमा शिक्षा, स्वास्थ्य, आय-आर्जन, कृषि र आपतकालिन क्षेत्रमा निरन्तर जनता माझ प्रत्यक्ष गएर कार्यक्रम गर्दै आएको छ ।
Salmuni
Leave A Reply

Your email address will not be published.