Sujang

तरुण दलको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

Ban

कार्तिक १० गते ,डोटी  :  नेपाल तरुण दलको ७२ औँ स्थापना दिवसका अवसरमा बिरामीहरूलाई फलफूल वितरण गरिएको छ ।

नेपाल तरुण दल डोटीले स्थापना दिवसका अवसरमा शनिवार जिल्ला अस्पताल डोटीमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरेको हो ।

फलफूल वितरण कार्यक्रममा नेपाली काङ्ग्रेस डोटीका पार्टी उपसभापति बाजि सिंह खड्का , जिल्ला पार्टी सह- सचिव गोकर्ण मलासी ,जिल्ला सदस्य राम खड्का , नेपाली काँग्रेस दिपायल सिलगढी नगर सभापति गणेश मलासी , नेपाल तरुण दल जिल्ला अध्यक्ष टेक रावल , उपाध्यक्ष रघु कठायत , प्रेस युनियन डोटीका अध्यक्ष चक्र कुँवर लगायतको सहभागिता रहेको थियो ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.