Sujang

पुर्बीचौकीमा परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न

दिपेन्द्र खड्का , कार्तिक ४ गते डोटी : डोटीको पुर्वीचौकी गाउँपालिकामा परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार पालिकाका सरोकारवालाहरूको उपस्थितिमा कार्यक्रम गरिएको हो ।
समान पहुँच विकास केन्द्र (सिड)नेपाल, सामुदायिक विकास केन्द्र (सी.डी.सी)डोटीको संयुक्त आयोजना र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

 

परियोजना परिचयात्मक कार्यक्रममा गत वर्ष सञ्चालित कार्यक्रमको समीक्षा तथा सन २०२४÷०२५ का नयाँ कार्यक्रमहरू सी.डी.सी डोटीका तर्फ बाट कार्यक्रम संयोजक दिनेश बम,सिड नेपाल डोटीका तर्फबाट सुनिल जोशीले परियोजना सार्वजनिक गरेका थिए ।

 

सन्  २०२१ देखी पालिकाको वडा नं.१,२ र३ का बालबालिका र विद्यालयहरूमा परियोजना सञ्चालन  भई विभिन्न गतिविधि भइरहेको बताइएको छ ।

 

त्यस्तै कार्यक्रममै वर्ल्ड भिजन इन्टरनेशनल नेपाल डोटी जिल्ला संयोजक गांगि बलायरद्वारा वर्ल्ड भिजनको भ्लयगनज अभियानबारे अभिमुखीकरण समेत गरेका थिए ।
लक्षित बालबालिकाको शिक्षा स्वास्थ्य र पोषणमा सिड नेपाल डोटीले कार्यक्रम अवधि भर जम्मा रु ६२ लाख ३१हजार ७सय २४रुपैयाँ र सी.डी.सी डोटीले ९५ लाख ९४हजार ५८४ पालिकामा खर्च गर्ने जनाएको छ ।
Salmuni
Leave A Reply

Your email address will not be published.