कार्तिक ३ गते ,कैलाली : कैलालीको गोदावरी नगरपालिका वडा नं. ६ र ७ को संगम स्थल गौडीमा दसैँतिहार विशेष जनचेतनामुलक सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।
यही कार्तिक १० गते स्थानिय दीपशिखा युवा क्लबले कार्यक्रमको आयोजना गर्ने भएको हो ।
गाउँघरमा रहेका प्रतिभाहरुलाई उजागर गर्न कार्यक्रम आयोजना गर्न लागिएको क्लबका अध्यक्ष दिर्घ साउँदले जानकारी दिए । उनले दसैँतिहारको अवसरमा वर्षभरीको सुखदुखलाई एकआपसमा साट्ने अवसर पनि कार्यक्रमले प्रदान गर्ने बताए ।
कार्यक्रममा विशुद्ध सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरिने आयोजकले जनाएको छ । सुदूरपश्चिमका कला संस्कृतिहरुको जर्गेना हुने खालका रनपुत्ला, सखिया नाँच लगायतका प्रस्तुतीका साथै स्थानिय डान्स क्लबहरुका प्रस्तुतीहरु पनि कार्यक्रममा रहने बताईएको छ ।
उक्त सांस्कृतिक कार्यक्रममा गायक चक्र बम ,दीर्घ फुलारा लगायत स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहने साउँदले जानकारी दिए ।
क्लबले प्रत्येक वर्ष सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आइरहेको उनले बताए ।