Sujang

अछाममा बाटोमै सुत्केरी भएकि एक महिलाको उच्च रक्तश्रावका कारण मृत्यु

असोज १७ गते ,अछाम : अछाममा बाटोमै सुत्केरी भएकि एक महिलाको उच्च रक्तश्रावका कारण मृत्यु भएको छ। बिहिवार जिल्लाको ढकारी गाउँपालिका ६ कि २९ बर्षिय सरिता देवि जैशिको मृत्यु भएको प्रहरीले जनाएको छ।

गएराति उनलाई सुत्केरी बेथा लागेको र स्वास्थ्य चौकी ढुङ्गाचाल्नामा लग्ने क्रममा बिहिबार बिहान ३:१५ मा बाटोमै सुत्केरी भएकि सरिताको मृत्यु भएको हो।

बिच बाटोमै छोरालाई जन्म दिएकि उनलाई स्वास्थ्य चौकी ढुङ्गाचाल्ना पुर्याईएको थियो र उनको उच्च रक्तश्राव भएपछि थप उपचारको लागि जिल्ला अस्पताल मंगलसेन पुर्याएकोमा १०:१५ मा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिएका छन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.