

असोज १६, डोटी :स्कुलको छतबाट खसेर डोटीमा एक बालक गम्भीर घाइते भएका छन् । दिपायल सिलगढी नगरपालिका-४ पिपल्ला बजार बस्ने कृष्ण बहादुर बुढाका ८ वर्षीय छोरा सुशान्त बुढा छतबाट घसेर घाइते भएको प्रहरीले बताएको छ ।
बालक पिपल्ला बजारमै रहेको बेबीलोन स्कुलको एकतले भवनको छतमा खेल्ने क्रममा बुधवार बिहान ८:२० बजेको समयमा लडेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, डिएसपी भीमलाल भट्टराईले जानकारी दिए ।
घाइते बालकलाई शैलेश्वरी अस्पताल दिपायलमा उपचार पश्चात् थप उपचारको लागी धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।
