Sujang

अख्तियारद्धारा सुदूरपश्चिम प्रदेश प्रमुख मियाँसमक्ष प्रतिवेदन पेश 

Ban
Krishi

असोज १४ गते ,धनगढीः अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम प्रदेशले प्रदेश प्रमुख नजिर मियाँसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ।

आयोगले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रदेश प्रदेश प्रमुख मियाँलाई पेश गरेको हो। कार्यालय प्रमुख माधवप्रसाद पोखरेलले आर्थिक वर्ष २०८०/८१ मा आयोगले प्रदेशमा गरेका कामहरूबारे संक्षिप्त रुपमा प्रदेश प्रमुख मियाँलाई जानकारी समेत गराएका छन्। प्रदेश प्रमुखलाई पेश गरिएको प्रतिवेदन ६ परिच्छेद र ५२४ पृष्ठको छ।

उक्त प्रतिवेदनमा आयोगमा २६ हजार ९१८ उजुरी परेको, अघिल्लो वर्षको जिम्मेवारी सरेर आएको ९ हजार २६८ उजुरी रहेको छ। ती मध्ये २७ हजार ७१४ उजुरी फर्छ्यौट भएको बताइएको छ। आयोगको उजुरीहरूको संख्या हेर्दा सबैभन्दा धेरै उजुरी संघीय मामिला तथा स्थानीय तहसम्बन्धी रहेका छन्। त्यसपछि स्थानीय तहको शिक्षामा उजुरी बढिरहेका छन्।

गैर कानुनी सम्पत्ति आर्जन, भूमि प्रशासन, नक्कली शैक्षिक प्रमाणपत्र , वन तथा वातावरण सम्बन्धी उजुरी परेका छन्। आयोगको प्रतिवेदनमा एक हजार ५४५ प्रतिवेदन बनाइ ८ अर्ब ४० करोड ६ लाख ४९ हजार ४०७ रुपैयाँ बिगो दाबी गरिएको उल्लेख छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.