असोज ११ गते ,डोटी : कृर्षि अनुसन्धान निर्देशनालय भागेतड डोटीको आयोजनामा आर्थिक वर्ष ०८१÷०८२ को वार्षिक स्वीकृति कार्यक्रम अन्तर्गत सरोकारवाला निकाय सँग कार्यक्रम तयारी कार्यान्वयनका लागि प्रारम्भिक बैठक बिहीबार सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजि सिंह खड्काले कृषि कर्ममा लागेका वास्तविक किसानका आवश्यकतालाई बुझेर कार्यक्रमलाई अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै शिखर नगरपालिका नगर प्रमुख दीर्घ बहादुर बलायरले नगरले माटो परीक्षण गरेर कृषि कार्यलाई विशेष जोड दिएर अगाडी बढाएको बताए ।
कृर्षिअनुसन्धान निर्देशनालय भागेतडाका निर्देशक विष्णु प्रसाद पौडेलको अध्यक्षतामा गरिएको कार्यक्रममा दिपायल सिलगढी नगरपालिका नगर प्रमुख खड्का प्रमुख अतिथि रहेका थिए ।
उक्त कार्यक्रममा शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायर, उप प्रमुख सुनिता रावल जोरा, लगायत वडा अध्यक्ष,कृषि शाखाका प्रमुख, कृषक,पत्रकार लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।