Sujang

कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु

असोज ९ गते ,कञ्चनपुर : कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

चटयाङ लागेर जिल्लाको दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यामबहादुर सुनार र लालझाडी गाउँपालिका–१ की २८ वर्षीया हिरामती रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर दोधारा चाँदनी–६ का ३७ वर्षीय जगदिश सुनार घाइते भएका छन् । उनको प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँँदनीमा उपचार भइरहेको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.