Sujang

सुत्केरी आमालाई कोसेली

Ban

असोज ७,डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ६ गगुडामा सुत्केरी आमालाई वडाको कोसेली कार्यक्रम सुरु गरिएको छ ।
गगुडा स्वास्थ्य चौकीको समन्वय र वडा कार्यालयको सहयोगमा सुत्केरी आमालाई वडाको कोसेली कार्यक्रम सुरु गरिएको हो ।

सुत्केरी आमालाई  प्रोत्साहन स्वरूप एउटा ब्लान्केट, एक क्रेट अण्डा, दुई प्याकेट आयोडिन नुन, एक प्याकेट खाने तोरीको तेल र एउटा हात धुने साबुन रहेको प्याकेज बनाएर कोसेली दिइने छ ।

कोसेली कार्यक्रममा आर्थिक वर्ष २०८१र०८२ मा प्रोटोकल अनुसार गर्भ जाँच गरेका र स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलाहरूको घरमै वडा अध्यक्ष, वडा सचिव र स्वास्थ्यकर्मीहरू गएर कोसेली दिनुका साथै आमा र नवजात शिशुको स्वास्थ्य सबल बनाउन आवश्यक सल्लाह तथा परामर्श सङ्गै ३५ दिन भित्रै जन्म दर्ता गराउनु पर्ने कुराको समेत जानकारी दिइने भएको छ ।

Krishi

घरमा सुत्केरी हुने सङ्ख्या शून्य तथा पूर्ण संस्थागत सुत्केरी वडा  सङ्गै नवजात शिशुको बिरामिदर कम गर्नुको साथै कुपोषण न्यूनीकरण गर्नु यो कार्यक्रमको उद्देश्य रहेको गगुडा स्वास्थ्य चौकीका सिअहेव तथा सूचना अधिकारी शिशिर बोगटीले जानकारी दिए ।

अध्यक्ष श्याम बोगटीले यो कार्यक्रम महिला दिदीबहिनीहरूको स्वास्थ्यका लागि ल्याएको र यसलाई आगामी वर्षमा समेत निरन्तरता दिने बाचा गरे।

यसै गरी जन्म दर्ता र पोषण भत्ताको विषयमा वडा सचिव रविन मल्लले जानकारी गराएका थिए । यो कार्यक्रम चालु आर्थिक वर्ष भरी सञ्चालन हुने र सुत्केरी भएको १० दिन भित्रै घरमै गएर कोसेली उपलब्ध गराइने बताइएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.