असोज ४ गते ,डोटी , डोटी: डोटीमा भीरबाट लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । भिरबाट लडेर घाइते भएकी जिल्लाको जोरायल गाउँपालिका–४ नक्कुकी ३४ वर्षीया रोहिता बोहराको उपचारका क्रममा मृत्यु भएको हो ।
शुक्रवार दिउँसो साढे १२ बजेतिर जोरायल गाउँपालिका वडा नम्बर ४ स्थित पत्थरखानी भिरबाट लडेर घाइते भएकी बोहराको उपचारका क्रममा निसर्ग अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
उनी घरदेखि कैलालीको सहजपुर जानेक्रममा लडेर करिब एक सय मिटर तल खसी घाइते भएकी थिइन् ।