भदौ ३० गते ,डोटी : डोटीमा जबर्जस्ती करणि मुद्दामा फरार भएका प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् ।
बलात्कार मुद्दामा अदालतबाट दोषी ठहर भएका दिपायल सिलगढी नगरपालिका-७ का ४७ वर्षीय राम बहादुर खड्कालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय डोटीले जनाएको छ ।
जवजस्ती करणि मुद्दा तीन बर्ष कैद सजाय आरोपमा फरार खड्कालाई आइतबार विहान दिसिनपा -७ उडिताेलाबाट शंकास्पद रहेको भन्दै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले बताए ।
फरार भएका खड्कालाई जिल्ला अदालत डोटीले जवर जस्तीकरणी गरेको मुद्दामा २०७२ साउन ३० गते ३ वर्ष कैद सजाय तोकेको थियो । प्रतिवादी खड्कालाई आइतबार जिल्ला अदालत डोटीमा पेश गरिएको प्रहरीले जनाएको छ ।