Sujang

डोटीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

असोज ,१५ गते, डोटी –आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि डोटीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
शनिवार जिल्ला अदालतको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
प्रमुख निर्वाचन अधिकृत जिल्ला न्यायधिश शिवलाल पाण्डेले कार्यालयको उद्घाटन गरेका हुन् ।
असोज २० गतेभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्नु पर्ने निर्वाचन आयोगको निर्देशन अनुसार कार्यालयको स्थापना गरिएको जिल्ला न्यायधिश पाण्डेले बताए ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ,  प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमला, निर्वाचन कार्यालय डोटीका कार्यालय प्रमुख करुणाकर पन्त लगायतको उपस्थिति रहेको थियो ।
Salmuni
Leave A Reply

Your email address will not be published.