Sujang

सुरक्षित अल्पकालिन जिल्ला महिला सेवा केन्द्रलाई सामग्री हस्तान्तरण

खगेन्द्र सिंह:सिलगढी, भदौ-२५, डोटीमा बिगत लामो समयदेखि संचालन भइरहेको एक मात्र सुरक्षित अल्पकालिन जिल्ला महिला सेवा केन्द्रलाई विभिन्न सामग्री हस्तान्तरण गरिएको छ ।

आदर्श गाउँपालिकामा संचालनमा रहेको नवलक्ष्मी बहुउद्देश्यीय महिला सहकारी संस्था लिमिटेडले सामग्री हस्तान्तरण गरेको हो । २०६६ सालदेखि उक्त सहकारी संस्थाले जिल्ला सदरमुकाम सिलगढीमा संचालन गर्दै आइरहेको सुरक्षित अल्पकालिन जिल्ला महिला सेवा केन्द्र गत असार १७ गतेदेखि युएनएफपिएको आर्थिक सहयोग तथा साथी संस्थाको प्राविधिक सहयोग र दिपायल सिलगढी नगरपालिकाको समन्वयमा संचालनमा आएको छ ।

दिपायल सिलगढी नगरपालिकाको समन्वयमा संचालनमा आएसंगै नगरपालिकाले सेवा केन्द्रलाई भवन मर्मतका लागि एक लाख रकम उपलब्ध गराएको छ ।

नवलक्ष्मी बहुउद्देश्यीय महिला सहकारीले संचालन गर्दा प्रयोगमा आएका सामग्रीहरु हाल संचालन गर्ने संस्थालाई हस्तान्तरण गरिएको सहकारीका निवर्तमान अध्यक्ष हिरादेवी सिंहले बताइन् । हस्तान्तरण भएका सामग्रीहरुमा केहि थान वेड÷बिस्तरा, खटिया, भाँडाकुडा, फर्निचरका सामग्रीहरु, ग्याँस सिलिण्डर, हिटर लगायत रहेका सेवा केन्द्रका मनोबिमर्शकर्ता बन्दना बमले बताइन ।

 

सेवा केन्द्रबाट उपलब्ध सेवाहरु
युएनएफपिएको आर्थिक सहयोग तथा साथी संस्थाको प्राविधिक सहयोग र दिपायल सिलगढी नगरपालिकाको समन्वयमा संचालनमा आएको सुरक्षित अल्पकालिन जिल्ला महिला सेवा केन्द्रले जिल्लाका नौवटै स्थानीय तहबाट आएका प्रभावित महिला तथा बालबालिकाहरुलाई सुरक्षित आवास, उपचार, न्यायमा पहुँच, मनोबिमर्श, पुनःस्थापना तथा जीवन निर्वाहका लागि सिपमूलक तालिमहरु दिंदै आइरहेको छ मनोबिमर्शकर्ता बन्दना बलमे बताइन् ।
नयाँ व्यवस्थापनाका साथ संचालनमा आएदेखि सेवा केन्द्रले ३९ जना महिला तथा बालबालिकाहरु सेवा दिएको छ भने एक जना बालिकालाई कक्षा १२ सम्म पढाउनका लागि साथी संस्थाको केन्द्रिय कार्यालय, ललितपुरमा पठाइएको छ भने एक जना महिलालाई तालिमका लागि महेन्द्रनगरमा पठाइएको छ ।

 

नगरपालिकाले उपलब्ध गराएको भवनबाट सेवा सुचारु
सुरक्षित अल्पकालिन जिल्ला महिला सेवा केन्द्र्र हाल दिपायल सिलगढी नगरपालिकाले उपलब्ध गराएको भवनबाट सेवा सुचारु गर्दै आएको छ ।

सिलगढी स्थित जिल्ला प्रशासन नजिक रहेको जिल्ला समन्वय समितिको भवनबाट हालसम्म सेवा दिइरहेको सेवा केन्द्र बिगत एक हप्तादेखि सिलगढी, खलङ्गा स्थित बन्द रहेको शैलेश्वरी आविको भवनबाट सेवा दिइरहेको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.