
भदौ २४ गते, डोटी :डोटीमा भाइले कोदालो प्रहार गरी दाइको हत्या गरेका छन् । जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर ६ डाँडागाउँ बस्ने बर्ष ५५/५६ का नर बहादुर जोराले आफ्नै सहोदर दाई बर्ष ६५/६६ का गणेश बहादुर जोरालाई कोदालो प्रहार गरी हत्या गरेका हुन् ।
घरायसी बिवादका कारण झगडा हुँदा सोमबार दिउँसो करिब ३ बजेतिर कोदालोले टाउकोमा हानी घटनास्थलमै हत्या गरेका हुन् । थप अनुसन्धानका लागि नर बहादुर जोरालाई प्रहरीले नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।