Sujang

तीजको अवसरमा बैंकर्स क्लबद्वारा शुभकामना आदानप्रदान

भदौ २०,दिपायल : हिन्दु नारीहरूको महान् चाड हरितालिका तीजको अवसरमा बैकर्स क्लब डोटीले शुभकामना आदानप्रदान गरेको छ ।

बुधवार दिपायलमा तीजको अवसरमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै  दिपायल सिलगढी नगरपालिका उप प्रमुख कलावती महर साउँदले महिला दिदिबहिनीहरुको महान् पर्व हरितालिका तीज दिदीबहिनी बिच माया,सद्भभाव,स्नेह,सुख दुःख साटा साट गर्ने  पर्व भएको बताइन्  । सुदूर पश्चिम संस्कृतिको धनी भएको बताउँदै हरेक पर्वको मौलिकता झल्किने गरी  सबैले  सरल र मितव्ययी भएर मनाउन आग्रह गरिन्।

नारी स्वतन्त्रताको समेत पर्व तीजको सबैमा उनले शुभकामना व्यक्त गरिन् ।

कार्यक्रम शुभकामना मन्तव्य दिँदै पत्रकार प्रकाश बमले सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बिचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्‌भाव कायम गर्न सहयोग पुर्‍याइरहेको बताए  । हरितालिका तीजले मौलिकतालाई कायम राखेको बताउँदै पर्व मनाउने नाममा देखिएको भड्‌किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक रहेको बताए ।

उक्त कार्यक्रममा सहभागी बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले सबैले आ -आफ्नो ठाउँबाट  शुभकामना आदानप्रदान समेत गरेका थिए ।

शुभकामना आदानप्रदान कार्यक्रममा बैंकर्स क्लब डोटीका सदस्य तथा एनआईसी एसिया वैंकमा कार्यरत   रुपा बिथाडीलाई सम्मान समेत गरिएको थियो ।

स्वागत मन्तव्य रमेश ओझाले राखेका थिए भने कार्यक्रमको सञ्चालन टंक ढुङ्गानाले गरेका थिए ।

उक्त कार्यक्रमको अध्यक्षता बैकर्स क्लब डोटीका कार्यवाहक अध्यक्ष शंकर बोगटीले गरेका थिए ।

Salmuni
Leave A Reply

Your email address will not be published.