Sujang

समाज रूपान्तरण लागि सबैले हातेमालो गर्न आवश्यक छ : नगर प्रमुख खड्का

विक्रम खड्का ,भाद्र १५ गते ,डोटी :दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्का ‘विजय’ ले समाज रूपान्तरणमा सबैले हातेमालो गर्न आवश्यक रहेको बताएका छन्  ।
युरोपेली संघकाे आर्थिक सहयोग र संयुक्त राष्ट्र संघिय निकायहरू UNFPA,UNICEF,ILO र UN WOMEN को संयुक्त अभियानमा सञ्चालित संसक्त महिला संवृद्ध नेपाल कार्यक्रम अन्तर्गत दिपायल सिलगढी नगरपालिकाको समन्वय र पीसवीन नेपालको आयोजनामा वडानम्वर १ तिखामा रहेको मगलेक माध्यमिक विद्यालयमा रूपान्तरण प्याकेजको लागि गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
समाज रुपान्तरणकाे लागि व्यक्तिले ‘म’ काेहुँ भनेर सबै भन्दा पहिले राम्रो सँग पहिचान गरेपछि परिवार,समाज र राष्ट्रको रूपान्तरण हुने कुरामा जोड दिए।
परिवारमा सबैभन्दा पहले महिला सशक्त हुनुपर्छ त्यसपछि परिवार हुँदै समाज र राष्ट्र सशक्त हुने भएकाले नगरपालिका सँग सहकार्य गरेर काम गर्नका लागी यस्तै सहयोगी हातहरू जुटाइ अझै आर्थिक उन्नतिको लागि लाग्ने नगर प्रमुख खड्काले प्रतिबद्धता व्यक्त गरे  ।

 

किशोरावस्थामा आउने सवै खाले परिवर्तन लाई किशोर किशोरीले बुझ्न सकुन्,किशोरावस्थाका परिवर्तनले किशोर किशोरीले जोखिमपूर्ण  र संवेदनशील परिस्थितिको सामना गर्न नपराेस, कतिपय हानिकारक सामाजिक मुल्यमान्यतालाइ सकारात्मक परिवर्तन गर्न उनीहरू सक्षम हाेउन र यो उमेरमा आउने परिवर्तनको बारे परिवारलाई र समुदायलाई सम्झाइबुझाई सकारात्मक बनाउन सकुन् भन्ने उद्देश्यले यो कक्षा सञ्चालनमा ल्याएको संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोश (UNFPA)का डोटी जिल्ला संयोजक भरत गोतामेले बताए  ।
यो कार्यक्रमले विशेष गरी महिला र बालबालिकाको समृद्धिका लागि काम गर्ने जनाइएको छ।
रूपान्तरण कक्षा दिपायल सिलगढी नगरपालिका वडानम्वर ८ लडागडामा रहेको  सुना देवी माध्यमिक विद्यालय, दिपायलमा रहेको दिल्पेश्वर माध्यमिक विद्यालयमा पनि सुरु गरिएको पीसविन नेपाल अन्तर्गत सशक्त महिला संवृद्ध नेपाल परियोजना अन्तर्गत  दिपायल सिलगढी नगरपालिकामा कार्यक्रम अधिकृतको रूपमा कार्यरत लक्ष्मी देउवा बमले बताइन् ।

 

उक्त कार्यक्रम तिनै वटै विद्यालयका ७५ किशोर र ७५ किशोरी गरी जम्मा १५० जनालाई ३० वटा सेसन सञ्चालन गरिने छ ।
कार्यक्रममा TPO NEPAL का मनाेबिमर्श कर्ता सिता गिरी,CMC का समुदाय मनाेसामाजिक कार्यकर्ता सरिता कठायत, पत्रकार,अभिभावक,विद्यार्थी, शिक्षक लगायतको उपस्थिति रहेको थियो।
Salmuni
Leave A Reply

Your email address will not be published.