Sujang

तिज पर्वका अवसरमा सुजङ्ग अस्पतालले नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै

भदौ २४ गते , डोटी : महिलाहरूको समस्यालाई मध्यनजर गर्दै तिज पर्वका अवसरमा सुजङ्ग अस्पताल राजपुरले नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।
नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा अस्पतालले यही भाद्र  १९ गतेका दिन नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो ।
अस्पताल प्रशासन प्रमुख अर्जुन बलायरका अनुसार नि:शुल्क शिविरमा पाठेघर खसेका ,तल्लो पेट दुख्ने, सेतो गन आउने ,पानी बग्ने, पिसाब पोल्ने, ढाड दुख्ने, याैैनि चिलाउने ,पाठेघरमा घाउ भएका समस्या भएका महिलाहरूको  नि:शुल्क चेकजाँच गरिने भएको छ ।
भिडियो एक्स-रे  तथा  पिसाप जाँच पनि नि:शुल्क गरिने प्रशासन प्रमुख बलायरले बताए ।
प्रजनन स्वास्थ्यबारे कमै खुल्ने कारणले अहिले पनि ग्रामीण क्षेत्रमा पाठेघर सम्बन्धी समस्या विकराल अवस्था रहेकोले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बलायर बताए ।

 

आर्थिक अभावका कारण अहिले पनि धेरै महिला दिदिबहिनीहरु समस्या लुकाएर गाउँमा बसेका बताउदै उहाँहरुलाई केही सहयोग पुगोस् भनेर शिविर सञ्चालन गरेको उनले बताए  ।

नि:शुल्क स्वास्थ्य शिविरमा वरिष्ठ सर्जन डाक्टर एमडी सुभाष थापा मगर , फिजिसियन एमबिबिएस डाक्टर राजमनि यादव, हाडजोर्नी तथा नसारोग विशेषज्ञ सुरेन्द्र चौधरी  लगायतले उपचार गर्ने अस्पतालले जनाएको छ।
महिला रोगको पाठेघरका समस्या बाहेक अन्य सेवा र अन्य बिरामीमा शुल्क लाग्ने बलायरले बताए ।
अस्पतालले गत वर्ष पनि तिजको अवसरमा  नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
Salmuni
Leave A Reply

Your email address will not be published.