Sujang

बाजुरामा दलितमाथि कुटपिट गर्ने वडा अध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दर्ता

Ban

असोज १४ गते -बाजुरामा दलित मन्दिरमा पसेको भन्दै कुटपिट गर्ने वडा अध्यक्ष सहित ३ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।
जिल्लाको त्रिवेणी नगरपालिका –७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरि पुजा पाठ गरेको भन्दै निर्घात रुपमा कुटिएका दलित समुदायका टेकेन्द्र सिंह सुनारले त्रिवेणि नगरपालिका –७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडी सहित ३ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा जातीय भेदभाव तथा छुवाछुत सम्वन्धिको मुद्धा दर्ता गरेका छन् ।

Krishi

घटस्थापनाको अवसरमा नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला बुढीगंगा नगरपालिका ५नुवाघर घर भइ कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखाल बस्दै आएका सुनारमाथि त्रिवेणी नगरपालिका ७ का वडा अध्यक्ष अयडी सहित मदिरा सेवन गरि आएको समुहले गालिगलौच,कुटपिट तथा जातिय रुपमा विभेद गरेका पिडितले वताए ।

नाटेश्वरी मन्दिरमा नवरात्रको पुजाआजा गर्न कन्चनपुरबाट बाजुरा आएका सुनारलाई मन्दिर प्रवेश गरेर पुजा किन गरेको भन्दै वडा नम्वर ७ का वडा अध्यक्ष जुद्धबहादुर अयडी,सहित स्थानीय रंगलाल पाध्याय र विनोद अयडीले निर्घात कुटपिट गर्नुका साथै नगद ६०हजार पैशा समेत खोसेको भन्दै पिडित सुनारले आफ्नो न्याएका लागि भन्दै जिल्ला प्रहरी कार्यालय बाजुरामा ३ जना विरुद्ध मुद्धा दर्ता गरेको बताए ।

मन्दिरमा पुजा गरिरहेको बेला कुटपिट पछि सुनारको आँखा, ढाड, छातिमा चोट लागेको छ । जिल्ला प्रहरी कर्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुर्यबहादुर थापाले घटनामा सलग्न रहेका वडा अध्यक्ष अयडीसहित ३ जना विरुद्ध जातीय भेदभाव तथा छुवाछुत सम्वन्धिको मुद्धा दर्ता भै सकेको वताए ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार घटनामा संलग्न वडा अध्यक्षलाइ नियन्त्रणमा लिएको र फरार रहेका पाध्याय र विनोद अयडीको खोजि कार्य भईरहेको छ ।

व्यवस्थापिका संसदले ०६८ जेठ १० गतेका दिन जातीय भेदभाव तथा छुवाछूतको कसुर तथा सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०६८ पारित गरेको थियो । कानूनमा जातीय विभेद अन्त्य भएपनि व्यवहारिक रुपमा बाजुराका कुनैपनि ठाउँमा यसको पूर्ण रुपमा कार्यान्वयन नभएको दलित अधिकारकर्मी गोरखबहादुर सार्कीले वताए ।

जातीय विभेद तथा छुवाछुत भेदभाव गर्ने जो सुकैलाई पनि कानुनी कारवाही हुनुपर्ने जिल्लाका दलित अगुवाहरुले माग गरेका छन् ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.