भदौ ११ गते ,डोटी :डोटीमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्लाको पूर्विचौकी गाउँपालिका–७ गजडामा भालुको आक्रमणबाट ५५ वर्षीय पदम बहादुर साउद घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मङ्गलवार बिहान ८ बजेतिर घर अगाडी घाँस काटिरहेको समयमा साउद माथि भालुले आक्रमण गरेको हो । साउदको बायाँ कान, बायाँ हात, र दाहिने खुट्टामा घाउ लागेको र न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा उपचार भइरहेको जिप्रका डोटीले जानकारी दिएको छ ।