Sujang

खुटिया -दिपायल द्रुतमार्ग :राजपुर–सलेना सडकको काम सुरु

भदौ ८ गते ,डोटी – धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग अन्तरगत पर्ने राजपुर–सलेना सडकको स्तोरोन्ति काम अघि बढेको छ । सडक कालोपत्रका लागि राजपुर–सलेना सडकखण्डमा डबल कटिङ्गको काम सुरु भएको हो ।

राजपुर देखि सलेना गाडसम्म १४ किलोमिटर कालोपत्र गर्ने गरी निर्माण कार्य अघि बढेको हो । उक्त कामको शनिबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । नेपाली कांग्रेस डोटीका सचिव नारायण बलायरले सडक निर्माण कार्यको शिलान्यास गरेका हुन् ।

द्रुुतमार्गअन्तरगत १४ किलोमिटर सडक कालोपत्र गर्नका लागि भ्याट बाहेक ३८ करोडमा ठेक्का सम्झौता भएको सडक योजना कार्यालयका प्रमुख लक्ष्मण रावलले बताए । ३ वर्ष भित्रै कालोपत्रको कामसम्पन्न हुने गरी निर्माण कम्पनीसँग सम्झौता भएको उनले बताए ।

ढिलै भए पनि सडक निर्माणको काम अघि बढेकोमा स्थानीयहरुमा खुसी देखिएको सडक संघर्ष समितिका संयोजक हर्क विष्टले बताए ।

निर्माण व्यवसायी भानु बोहराले स्थानीयहरुको सहयोग प्राप्त भएमा ३ वर्षको अविधि भन्दा अगाडी नै कालोपत्रको काम सम्पन्न गर्ने बताए ।

वनबाट रुख कटानको आदेश नपाएका कारण अहिले बीचबाट कामको सुरुवात गरेको उनले बताए । रुख कटान आदेश आए लगत्तै राजपुरबाट काम सुरु गरिने उनले बताए  ।

Salmuni
Leave A Reply

Your email address will not be published.