दीपेन्द्र खड्का ,भदौ २ गते ,डोटी : डोटीको पुर्वीचौकी गाउँपालिका -६ गाजरीमा पर्ने धार्मिक एवं पर्यटकिय स्थल रानढुङामा आइतबार मेला सम्पन्न भएको छ । प्रत्येक वर्ष श्रावण चतुर्दशीका दिन मेला लाग्ने गर्दछ ।
मेलामा आउने दर्शनार्थिहरुले मन्दिरमा दर्शन गरी बर माग्दा सन्तान,विद्या,अन्नपात ,गोरस, लगायत मनोकामना पुरा भई वरदान मागेको कुरा प्राप्त हुने मन्दिरका पुजारी टिका दत्त जोशी बताए ।
मेलाको दिन दर्शनार्थिहरुले चढाएको सरसामान मध्य पुजारीले मन्दिर भित्रबाट जे दियो सोही कुरा घरमा ल्याई राख्नाले सिध्दि हुने र मनोकामना पुरा हुने धार्मिक जन विश्वास रहेको छ ।
दर्शन गर्ने दर्सालु भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।