Sujang

डोटी बस दुर्घटना : घाइतेहरूको पहिचान खुल्यो

Ban

साउन ३२, डोटी : डोटीमा भएको बस दुर्घटनामा परि घाइते भएकाहरूको पहिचान खुलेको छ । धनगढीबाट दिपायल आउँदै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको यात्रुवाहक बस शुक्रवार बिहान ४:३० बजेतिर दिपायल सिलगढी नगरपालिका–४ समुहगाड रेडियो नेपाल नजिक दुर्घटना हुँदा घाइते १६ जनाको पहिचान खुलेको हो ।

Posan

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईका दुर्घटनामा परि घाइते हुनेहरूमा बसमा सवार डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ का २३ वर्षीया सविता देउवा, डोटीको दिपायल सिलगढी–६ थाप्लाका २९ वर्षीय भोजराज धामी, सायल गाउँपालिका–७ का ८२ वर्षीय तेज बहादुर सिंह, आदर्श गाउँपालिका–४ का ३० वर्षीय कृष्ण विष्ट, सोही ठाउँका ३८ वर्षीय सन्तोष बोहरा, शिखर नगरपालिका–१० का बस चालक ३५ वर्षीय भरत रावल, दिपायल सिलगढी–१ की ४० वर्षीया डम्मरी देवी खड्का, दिपायल सिलगढी–४ का ३८ वर्षीय दिल बहादुर नेपाली, सायल गाउँपालिका–४ का ६५ वर्षका हर्क बहादुर सिंह, के.आई.सिंह गाउँपालिका–२ का ४० वर्षीय कमल विक्रम शाही रहेका छन् ।

Krishi

त्यस्तै दिपायल सिलगढी–६ का २९ वर्षीय भेषराज धामी, आदर्श गाउँपालिका–१ का २३ वर्षका प्रकाश खड्का, पूर्विचौकी गाउँपालिका–७ का २१ वर्षीय हिक्मत विक, बोगटान फुड्सिल गाउँपालिका–६ का ३५ वर्षीय देव बहादुर बोगटी, सायल गाउँपालिका–४ का ५६ वर्षीय लाल बिरे भुल, सायल गाउँपालिका–२ का ४० वर्षीय दल बहादुर बयाडी घाइते भएका छन् ।

 

दुर्घटनामा परेको बसले स्थानीय लक्ष्मण बोगटीको घर र भान्सा तथा अर्जुन ठोकरको भान्सामा क्षति पनि पुगेको छ । सोही घटनामा परि घरमा सुतिरहेकी स्थानीय करिब ५५ वर्षिया सरूँ लामा सामान्य घाइते भएको डिएसपी भट्टराईले जानकारी दिए । बस दुर्घटनामा घाइते भएका कमल विक्रम शाही बस साहु रहेको खुलेको छ ।

घाइतेहरूको राजपुर स्थित सुजङ्ग अस्पतालमा उपचार भइरहेको छ । उनीँहरूको अवस्था मध्यम र सामान्य रहेको छ ।

बस सडकबाट ५० मिटर तल खसेको छ ।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.