Sujang

चाडपर्वले नेपालीहरुवीच आपसी सद्भाव कायम राख्छ-सिंह

Ban

असोज १३ गते डोटी -नेपालीहरुको महान् चाड वडा दसैँ, तिहार र छठले नेपालीहरूबिच आपसी सद्भाव कायम गरेको जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंहले बताएका छन् ।

बिहीबार ब्रह्ममा कुमारी ईश्वरीय विश्व विद्यालय राजपुरद्वारा वडा दसैँ, तिहार र छठको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेपालीहरूको मौलिक रूपमा रहेको चाडको संरक्षण गर्नुको सबै दायित्व रहको उनले बताए ।
उनले थपे,‘धार्मिक आस्था मात्र बोक्नु हुदैन् । धार्मिक आस्था मनै देखि राख्न सके सत  मार्गको बाटो अपनाउन सकिन्छ ।’

असत्यमाथि सत्यको जीतको रूपमा मनाइने दसैँले सम्पूर्ण नेपालीहरूमा खुसीयाली, सुखद जीवनयापनमा सहयोग पु¥याउने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सीँ खड्काले बताए ।
उनले भने,‘रीति रिवाज चाल चलन भेष भूषा जोगाउन व्रह्ममा कुमारी ईश्वरीय विश्व विद्यालयको महत्त्वपूर्ण भूमिका खेलेको छ । यस विश्व विद्यालयले दिने ज्ञान सबैले सिक्न आवश्यक छ ।’

नेपालीहरूबिच आपसी सद्भाव र मेलमिलापमा रूपमा चाडपर्वको ठुलो महत्त्व रहेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बत्ताइन् । व्रहम कुमारी ईश्वरीय विद्यालयले दिएको ज्ञानले केही मात्रामा भए पनि समाजमा हुन्या हत्या ,हिंसा, कुरीति, कुलत लगायतका घटना न्यूनीकरण महत्त्वपूर्ण भूमिका खेलेको बत्ताइन् ।

ब्रह्ममा कुमारी ईश्वरीय विश्व विद्यालय राजपुरकी प्रमुख सञ्चालिका जानकी दिदीको सभापतित्व भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उप संयोजक स्मृति चुनारा, शिखर नगरपालिकाका उप प्रमुख सुनिता रावल जोरा, वोगटान पुड्सिल गाउँपालिकाका उपाध्यक्ष विस्ना देवी बम, उद्योग वाणिज्य संघ डोटीका अध्यक्ष मोहन कलले लगायत समाज सेवी, कर्मचारी, व्यापारी र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.