Sujang

बालबालिकाहरूको नेतृत्व विकासका लागी दुई दिने फोरम सम्पन्न

Ban

साउन २५ गते, डोटी :बालबालिकामा हुने बाल शोषण ,हिंसा,बाल विवाह ,लागू औषध दुर्व्यसनी रोक थाम तथा बाल अधिकार सुनिश्चित गराउने उद्देश्यले डोटीको सिलगढीमा जिल्ला स्तरीय बालबालिकाहरूको नेतृत्व विकास फोरम कार्यक्रमको आयोजना गरिएको छ।

जिल्ला समन्वय समिति डोटीको समन्वय तथा समान पहुँच विकास केन्द्र र वर्ड भिजन इन्टरनेशनल नेपालको आयोजनामा बुधबार र बिहीबार (दुई) दिने कार्यक्रमको आयोजना गरिएको हो।
जिल्लाका ९ वटै पालिकाका बाल क्लब हरूको सहभागिता रहेको कार्यक्रममा पहिलो दिन बालबालिकाहरूमा रहेका अन्तर्निहित प्रतिभाहरू प्रस्तुत गरिएको थियो भने दोस्रो दिन बालबालिकाहरूले भोग्दै आएका समस्या र समाधानका उपायका बारेमा सरोकारवालाहरू सँग अन्तर संवाद गरिएको थियो।

कार्यक्रम सहभागी बालबालिकाहरूले भोग्दै आएका समस्याका बारेमा समस्या तथा जिज्ञासा राखेका थिए भने समस्या र जिज्ञासाको सम्बन्धित निकायका प्रमुखले जबाफ दिएका थिए।

उक्त कार्यक्रममा बोल्दै दिसिनपाका नगर प्रमुख बाजि सिंह खड्काले जिल्ला बाल क्लब समितिको कोषमा नगरले ५० हजार सहयोग गर्ने घोषणा गरेका थिए ।

कार्यक्रममा बोल्दै डोटी जिल्लाबाट सुदूर पश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने  प्रदेश सभा सदस्य शिव सिंह ओलीले बालबालिका भोलिको देश सञ्चालन गर्ने शक्ति भएका कारण उनीहरूका शिक्षा ,स्वास्थ्य लगायत  बाल अधिकार सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको र प्रदेश सभामा पनि बालबालिकाका माग सम्बन्धी आवाज उठाउने बताए।

जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंहको अध्यक्षतामा गरिएको समापन कार्यक्रमका प्रमुख अतिथि सुदूर पश्चिम प्रदेश सभा सदस्य ओली रहनु भएको थियो । उक्त कार्यक्रममा दिसिनपा नगर प्रमुख खड्का, उपप्रमुख कलावती महर साउँद, प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल, प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराई  ,नौ वटै पालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख प्रतिनिधि, वाल क्लबका अध्यक्ष तथा प्रतिनिधि पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै जिल्ला बाल क्लब सञ्जाल डोटीले बालबालिका सम्बन्धी  ११ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको छ।  जिल्ला स्तरीय बालबालिकाहरूको नेतृत्व विकास फोरममा सुदूर पश्चिम प्रदेश सभा सदस्य ओलीलाई बाल क्लब अध्यक्ष सपना मलासीले बुझाएकी हुन् ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.