साउन २१ गते ,डोटी :सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बाजुराको बडीमालिकाका लागि डोटीबाट सरकारी पूजा सामग्री (पेटारो)सहितको टोली प्रस्थान गरेको छ ।
सोमबार डोटीका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययले बिशेष पूजाआजा गरी टोलीलाई बिदाई गरेका हुन् । सरकारी पूजा सामग्रीलाई नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले सलामी दिएको थियो ।
पञ्चेबाजासहित जिल्ला प्रशासन कार्यालयबाट निस्केको सरकारी पूजा सामग्रीसहितको टोली प्रसिद्ध शैलेश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरको पूजा गरी बडीमालिकातिर लागेको हो ।
राणाकालदेखि डोटी गौंणाबाट पेटारो जाने चलन रहिआएको छ ।