Sujang

धनगढीमा मोटरसाईकल आपसमा ठोक्किदा एकको मृत्यु

Ban
साउन १३,धनगढीः धनगढीमा मोटरसाईकल आपसमा ठोक्किदा एकको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन्।
Krishi

शनिवार धनगढी उपमहानगरपालिका–१४ फूलबारीस्थित हुलाकी सडक खण्डमा से ४ प ४७२९ र से ५ प २६५३ नम्बरको मोटरसाईकल आपसमा ठोक्किएका हुन्। दुवै मोटरसाईकलका चालक गम्भीर घाइते भएर निसर्ग हस्पिटल धनगढीमा उपचार भइरहेको थियो।

उपचारकै क्रममा से ५ प २६५३ नम्बरका मोटरसाईकल चालक फूलबारीकै ५० वर्षीय कुलप्रसाद पंगालीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया जनाएको छ। अर्का चालक २६ वर्षीय आश्वीन पौडेलको भने निसर्गकै आईसीयूमा राखेर उपचार भइरहेको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.