असोज ,१२ गते ,डोटी –सिलगढी खानेपानी उपभोक्ता तथा सरफाई समितिले पाँच महिनाको प्रगति प्रतिबेदन सार्वजनिक गरेको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै समितिले पदभार ग्रहण गरेको पाँच महिनामा गरेको कार्यको प्रगति प्रतिबेदन सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा प्रगति प्रतिबेदन सार्वजनिक गर्दै सिलगढी खानेपानी उपभोक्ता तथा सरफाई समितिका अध्यक्ष जगत बहादुर खड्काले पदभार ग्रहण गरेको १५० दिनमा संस्थागत बिकास तथा आम्दानीमा विशेष जोड दिएको बताएका छन् ।
उनले भने,‘पाँच महिनामा ३९ लाख बक्यौतामा १० लाख उठाउन सफल भएका छौं। उपभोक्ताहरुको समस्यालाई मध्यनज गर्दै खानेपानी महशुल अनलाईन सेवा मार्फत सुचारु गरेका छौं । मिटर जडान कार्यलाई निरन्तरता दिएका छौ।’
उनले थपे,‘गैरागाउँ काडामाण्डौ सिलगढी खानेपानी तथा सरसफाइ आयोजनाको कामको सहमति लिन सफल भयौं । भेलछडा नाम परिवर्तन गरेर कागजात संकलन गर्न हामिलाई निक्कै गाह्रो भयो । तर पनि हामिले मन्त्री स्तरीय निर्णय गरेर काम अगाडी वढाउन सफल भयौं । ’
सिलगढी खानेपानीवाट ८ सय छयालिस जना उपाभोक्ताहरुले सेवा लिई रहेका अध्यक्ष खड्काले वताए । अहिले प्रति सेकेण्ड छ लिटरका दरले पानि आईरहेको उनले बताए ।
गैरागाउँ काडामाण्डौ सिलगढी खानेपानी तथा सरसफाइ आयोजनाको कामलाई तिव्र रुपमा काम अगाडी वढीरहेको समेत खड्काले बताए । १० करोड ४९ लाखमा निर्माण हुन लागेको खाने पानि योजना सम्पन्न भए प्रति सेकेण्ड २३ लिटरका दरले पानि आउने अध्यक्ष खड्काले बताए ।
अहिले सम्म नौ वटा टयाङ्की वनाउने काम सम्पन भैसकेको उनले बताए । योजना सम्पन्न भए दिसिनपाको –७ र ५ का सवै घर धुरीमा खानेपानिको सेवा पुर्याउन सकिने वताए ।
नयाँ कार्यसमिति आए पश्चात आफुहरुले वैठक भक्ता लिने सुविधालाई समेत कटौति गरेको उनले वताए ।
नियमित रुपमा खानेपानिको महशुल वुझाउनेलाई पुरष्कृत तथा नवुझाउने दण्डित गर्ने सम्मको कार्यसमितिले निर्णय गरेको अध्यक्ष खड्काले बताए ।
उठ्न वाँकि वक्यौता रकमका लागि सवैलाइ पत्राचार तथा फोन मार्फत जानकारी गराई सकेको सिलगढी खानेपानी उपभोक्ता तथा सरफाई समितिका कार्यलय प्रमुख राम धामिले जानकारी दिए ।
धैरै जसो वक्यौता रकम जिल्लामा रहेका सरकारी कार्यालयले तिर्न वाँकि रहेको कार्यालय प्रमुख धामिले बताए ।