Sujang

बडीकेदार गाउँपालिकाद्वारा एम्बुलेन्स सेवामा पूर्ण छुट, तेलको मात्र पैसा लाग्ने

Ban

गणेश मौनी,असार १, डोटी:डोटीको बडीकेदार गाउँपालिकाले एम्बुलेन्स सेवा प्रयोग गरे बाफतको रकममा सत प्रतिशत मात्रामा छुट गरेको छ । पालिकाले सञ्चालन गरेको एम्बुलेन्स सेवामा तेल खर्च मात्र लिने अन्य सेवा शुल्क निःशुल्क रहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउदले बताए ।

आम नागरिकले स्वास्थ्य सेवा पाउनु नैसर्गिक अधिकार बमोजिम पालिका बासीले स्वास्थ्य सेवा उपचारमा सहजता होस भन्ने हेतुले एम्बुलेन्स सेवामा तेल खर्च बाहेक अन्य शुल्कमा सत प्रतिशत छुट गरेको अध्यक्ष साउँदले बताए । पालिकाले नयाँ कायम गरेको दर रेड अनुसार तेल खर्च बाफत कच्ची सडक भएको स्थानमा प्रति किलोमिटर ५० रुपैयाँ र पक्की सडकमा प्रति किलोमिटर ४० का दरले लिने गरेको जनाएका छन् । एम्बुलेन्स मर्मत सम्भार, चालकको सेवा सुविधा अन्य व्यवस्थापन कार्य पालिकाले आफै गर्ने समेत अध्यक्ष साउदले बताए ।

पालिकाले स्वास्थ्य, शिक्षा लगायतका सवाललाई मुख्य प्राथमिकता दिएको बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्बरी विष्ट कलेलले बताइन् । उनले भनिन् बडीकेदार गाउँपालिका भौगोलिक रूपमा बिकट जटिल स्वास्थ्य उपचार गर्न धनगढी जानुपर्ने बाध्यताका बाबजुद एम्बुलेन्स सेवामा छुट गरेको बताइन् ।
एम्बुलेन्स सेवा प्रयोग बाफत साबिकको मुख्य अनुसार वडा नम्बर ४,५ र ३ का विभिन्न स्थानबाट एकतर्फी रूपमा १५,१६ हजार पर्ने गरेको थियो हाल उक्त रकम ६०,७० प्रतिशतले घटेको सेवा ग्राहीले जनाएका छन् ।

हाल बडीकेदार गाउँपालिका सबै भन्दा टाढाको दुरीमा रहेको वडा नम्बर ५ केदारमाण्डौ बाट धनगढी सम्म ६ हजार २ सय मात्र कायम गरिएको पालिकाले जनाएको छ ।
त्यस्तै गरी वडा नम्बर ३ को सबै भन्दा टाढाको स्थान मुलेचौर ओखलढुङ्गा बाट धनगढी सम्म ५ हजार ६ सय ९० वडा नम्बर ४ को सबै भन्दा टाढाको स्थान बाइखोला बरालगाँउ देखी धनगढी सम्म ५ हजार ४ सय १०, वडा नम्बर २ को सबै भन्दा टाढाको स्थान तारी देखी धनगढी सम्म ४ हजार ८ सय ६० रहेको छ भने वडा नम्बर १ को सबै भन्दा टाढाको स्थान टुनकट्टे कडवानी देखी धनगढी सम्म ३ हजार ८ सय ७० रुपैयाँ कायम गरेको पालिकाले जनाएको छ ।

गर्भवती महिला पालिका अन्तरगतका स्वास्थ्य संस्थाहरूमा गर्भवती हुन नसकी बाहिर रिफर गरेको अवस्थामा तेलको पैसा समेत नलाग्ने सबै सेवामा सत प्रतिशत छुट दिई निःशुल्क रूपमा सेवा दिने गरेको समेत पालिकाले जनाएको छ ।
पालिकाले स्वास्थ्य सेवालाई प्राथमिकता दिई एम्बुलेन्स सेवामा दिएको छुटले आर्थिक स्थिति कमजोर भएका गरिब बासीन्दाहरुलाई सहुलेत हुने पालिकाको उदाहरणीय निर्णय भएको सेवाग्राहीले प्रतिक्रिया दिएका छन् ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.