Sujang

पर्यटन प्रवर्द्धन तथा सूचना केन्द्रको घर भन्दै बनाइयो चर्च 

जमुना न्युरे , जेठ १२, धनगढी :कैलालीमा पर्यटन  प्रवर्द्धन तथा सूचना केन्द्रको भवन निर्माण गर्ने भनेर विनियोजित बजेटमा चर्च बनाइएको छ ।
सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन इकाई कार्यान्वयन कार्यक्रम धनगढीले आर्थिक वर्ष  २०७९÷८० मा पर्यटन  प्रवर्द्धन तथा सूचना केन्द्रको नाममा  १० लाख रुपैयाँ विनियोजन गरेको थियो ।
निर्माण समितिले पर्यटन इकाइको मापदण्ड अनुसार घर निमार्ण गरेको भन्दै १० लाख भुक्तानी समेत किसलेको श्रोतको दाबी छ ।
सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन इकाई कार्यान्वयन कार्यक्रम धनगढीका निमित्त प्रमुख डबल बहादुर बोहराले शुक्रवार स्थलगत अनुगमन गर्न चिसापानी पुग्दा पर्यटन प्रवर्द्धन तथा सूचना केन्द्रको भवन नभई चर्चको भवन बनेको देखेको बताए । ‘प्रदेशका ९ वटै जिल्ला हेर्नुपर्ने हुन्छ । अन्य जिल्लाको अनुगमनमा व्यस्त हुँदा चिसापानी पुग्न सकिएन’ निमित्त प्रमुख डबल बहादुर बोहराले भने, ‘शुक्रवार अनुगमनका क्रममा पुग्दा त्यस्तो भेटिएको हो । आइतबार सो भवन निर्माण समितिलाई स्पष्टीकरणका लागि पत्र लेख्छु ।’
भवन निर्माणका लागि  स्थानीय भीमबहादुर दर्लामीको सयोजकत्वामा उपभोक्ता समिति निर्माण गरिएको थियो ।
विनियोजित रकमले भवन निर्माणका लागि पर्यटन इकाईका योजना शाखा र प्राविधिक शाखाले भवनको लागत स्टेटमेन्ट तयार गरी नाप जाँच गरेको थियो ।
निर्माण समितिका अध्यक्ष भीमबहादुर दर्लामीले सूचना केन्द्र निर्माणका लागि पर्यटन इकाईको रकम अपुग भएकाले स्थानीयले आर्थिक सङ्कलन गरेर चर्च बनाएको पठाए । अध्यक्ष दर्लामीले चर्च पनि सामुदायिक भवन भएको जिकिर गरे ।
जिल्लाकै पर्यटकीय स्थानको रूपमा रहेको चिसापानीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेका छन् । कर्णाली नदीमा रहेको कर्णाली पुल, कर्णाली नदीको तिरमा रहेको जिपलाईका साथै नदीमा ¥याफ्टिङ्गका लागि पर्यटकहरू पुग्ने गर्दछन् ।
कर्णाली नदीमा भारतको कतर्नीया घाट हुँदै बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै चुरेसम्म वन्यजन्तुहरू ओहोरदोहोर गर्ने गरेको पाइन्छ ।
यहाँ आउने पर्यटकहरू वन्यजन्तु हेर्न, अनुसन्धान गर्न त कोही कर्णाली नदीमा ¥यापिm्टङ्ग  गर्न, पुल हेर्न आउने पर्यटकहरूलाई कर्णाली नदीसम्म पुगेका पर्यटकहरूले अन्य पर्यटकीय स्थलसम्म पुग्न सहज होस् भनेर कर्णाली पर्यटन तथा सूचना केन्द्र चिसापानीमा स्थापना गर्न सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन इकाई कार्यान्वयन कार्यक्रम धनगढीले बजेट बिनियोज गरेको थियो ।
Salmuni
Leave A Reply

Your email address will not be published.