Sujang

घोडाघोडीमा मोेटरसाइकलको  ठक्करबाट एक जनाको मृत्यु, दुई जना घाइते

Ban

जेठ ११ गते ,धनगढीः कैलालीको घोडाघोडी नगरपालिका–५ डोकेबजार स्थित सडकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको छ।

Posan
Krishi

से ४ प १४३० नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१–०१ प ९७४४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा बिहीवार राती दुर्घटना भएको हो। उक्त दुर्घटनामा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–५ देउकलियाका ३९ वर्षीय चनकलाल चौधरीको मृत्यु भएको छ।

 

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज  कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्। घाइते एक जनाको घोडाघोडी अस्पताल र एक जनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.