Sujang

डोटीमा आई.पि.भि. खोप १२ हजार बढी बालबालिकालाई जेठ १३ गते देखि लगाइदै

जेठ ६, डोटी :डोटी जिल्ला आई.पि.भि. खोप अभियान सञ्चालन हुने भएको छ । जेठ १३ गतेदेखि २२ गतेसम्म जिल्लामा आई.पि.भि. खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । अभियानका लागि जिल्लाका नौ ओटै पालिकामा ४ सय ३८ खोप केन्द्र तोकिएको र सो खोप केन्द्रहरूबाट १२ हजार दुई सय ३७ जना बालबालिकालाई खोप लगाइन लागेको स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले बताए ।

वैशाख २०७३ देखी असोज २०७५ को अवधिमा जन्मिएका बालबालिकालाई अभियान मार्फत खोप लगाइन लागेको हो । सो अवधिमा खोप अभावका कारण देशभरका १४ लाख ६२ हजार ७ सय १२ जना बालबालिकाले आई.पि.भि. खोपबाट वञ्चित भएका थिए । आई.पि.भि. खोप लगाउन वञ्चित बालबालिकाहरूमा पोलियो देखिने जोखिम हुँदा अभियान मार्फत खोप लगाइन लागिएको हो । नेपालमा आई.पि.भि. खोप २०७१ सालदेखि बालबालिकालाई लगाउन सुरु गरिएको हो ।

Salmuni
Leave A Reply

Your email address will not be published.