Sujang

स्वास्थ्य शिविरमा १०८ जनाले लिए निःशुल्क सेवा

Ban

जेठ ६ गते ,डोटी : डोटीमा महिलाहरूको पाठेघर मुखको क्यान्सरको परीक्षण तथा एकीकृत प्रजनन् स्वास्थ्य शिविरमा एक सय आठ जनाले सेवा लिएका छन्  ।

Posan

नेपाल परिवार नियोजन संघ डोटी शाखाको आयोजना तथा दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोग र स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा लडागडा स्वास्थ्य चौकीमा गरिएको नि:शुल्क शिविरमा एक सय आठ जनाले सेवा लिएका हुन्  ।

आइतबार दिपायल सिलगढी नगरपालिका – ८ लडागडा स्वास्थ्य चौकीमा गरिएको शिविरमा ३८ जना महिलाले पाठेघरको मुखको क्यान्सरको परीक्षण, १५ जना महिलाले भिडियो एक्स-रे जाँच, २० जनाले यौन रोगको उपचार र दुई जनाको पाठेघर खसेकाको रिङ राखेको नेपाल परिवार नियोजन संघ निमित्त कार्यालय प्रमुख कृष्णा साउँदले बताइन् । त्यसै गरी अन्य ३३ जनाले सामान्य उपचार गरेको उनले बताइन् ।

Krishi

स्वास्थ्य शिविरमा एमबिबिएस डाक्टर महेश्वर राय यादव , सिनियर अनमी सम्झना पछाई, मिना बम ,ललिता शर्मा, अहेव गोविन्द कुन्जेडा, अनमी पवित्रा बोहरा लगायतले सेवा दिएका थिए।

आइतबार  शिविरको उद्घाटन कार्यक्रममा बोल्दै  दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्का स्वास्थ्य शिविरले रोगको पहिचान हुने बताए । ग्रामीण क्षेत्रमा अहिले पनि रोगलाई लुकाएर बसेका महिलादिदि बहिनीलाई यस्ता स्वास्थ्य शिविर राहत पुग्ने बताउँदै आगामी दिनमा सबै वडामा शिविर सञ्चालन गरिने बताए ।

कार्यक्रममा बोल्दै नगर उप प्रमुख कलावति महर साउदले ग्रामीण क्षेत्रका महिलाहरू अहिले पनि स्वास्थ्य समस्यालाई लुकाएर बसेकाले ग्रामीण क्षेत्रमा शिविर सञ्चालन गर्न सहयोग गरेको बताइन् ।

शिविर मार्फत स्वास्थ्य समस्यामा परेका महिलाहरूलाई  स्वास्थ्य संस्था सम्मको पहुँचमा पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको  नेपाल परिवार नियोजन संघ डोटीका सभापति रघु कठायतले बताए ।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.