Sujang

सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता शाहीले लिए शपथ

जेठ ५ गते ,कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख नाजिर मियाँको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश शान्तिसिंह थापाले मुख्य न्यायाधिवक्ता शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारले मुख्य न्यायाधिवक्तामा शाहीलाई नियुक्त गरेसँगै शनिबार शपथ ग्रहण गराइएको हो ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री दीर्घ सोडारी, मुख्यमन्त्री कार्यालयका सचिव शिवराम पोख्रेल, प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेश ढुङ्गाना, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अलीलगायतको उपस्थिति रहेको थियो ।

शपथ ग्रहणपछि मुख्य न्यायाधिवक्ता शाहीले विधि र कानूनमा टेकेर अगाडी बढ्ने बताए ।

को हुन् मुख्य न्यायाधिवक्ता शाही ?

२०३१ साल असोज १० गते नरबहादुर शाही र मानमती देवी शाहीबाट गन्यापधुरा गाउँपालिका डडेल्धुरामा जन्मिएका शाहीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल ल क्याम्पस बीएल पास गरेका छन् ।

२०६२ सालदेखि निरन्तर कानूनी पेसामा रहेका उनी यसअघि राष्ट्रिय आवास कम्पनी लिमिटेड र चिया तथा कफी विकास बोर्डको कानूनी सल्लाहकार भएका थिए । शाही उच्च अदालत पाटनका वैतनिक वकिल रहेका थिए ।

Salmuni
Leave A Reply

Your email address will not be published.