Sujang

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत, रेशम पक्ष र कांग्रेसको बहिष्कार

जेठ ३ गते , कैलाली : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् । उनले पक्षमा २८ मत पाए । विपक्षमा शून्य मत पर्‍यो ।

कांग्रेस र नाउपा रेशम पक्षका सांसदहरू भने विश्वासको मतका लागि भएको मतदान प्रक्रियामा सहभागी नभई बहिष्कार गरेर हिँडेका थिए ।

नेकपा एसका सोडारीलाई एमाले, माओवादी, नाउपा रन्जिता पक्ष र स्वतन्त्र सांसदले विश्वासको मत दिए ।

Salmuni
Leave A Reply

Your email address will not be published.