Sujang

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिदै

बैशाख ३१, कैलाली :सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मतको लागी तेस्रो पटक मिति तोकेका छन् । यस अघि वैशाख २१ र २२ गते विश्वासको मतको लागि तयारी गरेका मुख्यमन्त्री सोडारीले तयारी गरेका थिए ।एमालेले तत्काल विश्वासको मत नदिने भए पछि अन्तिम समयमा उनी पछि हटे र अर्को सूचना जारी नहुँदा सम्मको लागी बैठक स्थगित गरिएको थियो ।
आज फेरि जेठ ३ गते विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरिएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार जेठ ३ गते बिहीबार बिहान १०:१५ बजे प्रदेश सभाबाट विश्वासको मत लिन प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।
एमालेले अझै विश्वासको मत दिने विषयमा निर्णय गरिसकेको छैन । जेठ ४ गते सम्म मुख्यमन्त्री सोडारीले विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.