Sujang

डोटीको बोगटानमा माध्यमिक स्तरीय बक्तित्वकला र रैथाने बाली प्रदर्शनी गरियो

Ban

असोज १० गते डोटी – डोटीको बोगटान फुडसिल गाउँपालिकामा माध्यमिक स्तरीय बक्तित्वकला तथा रैथाने, स्थानीय बाली बीउ विविधता प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ।

आइतबार ग्रामीण विकास समुदाय केन्द्रको आयोजना तथा बाेगटान फुड्सिल गाउँपालिका शिक्षा ,कृषि शाखाको समन्वयमा कार्यक्रम गरिएको हो।

`जलवायु परिवर्तनका प्रभाव´भन्ने विषयकमा माध्यमिक विद्यालय स्तरीय बतृत्वकलामा दर्जा कोट माध्यमिक विद्यालयमा अध्ययनरत कल्पना विकले प्रथम स्थान हासिल गर्न सफल भइन् ।

दि्तिय स्थान खत्याडि उच्च माध्यमिक विद्यालयका प्रेम बमले ल्याउन सफल भए । तृतीय स्थान दर्जा कोट माध्यमिक विद्यालयमा अध्ययनरत रमेश बोहराले ल्याउन सफल भएका छन् ।

सान्त्वना पुरस्कार कर्कटेश्वर माविका उपेन्द्र बम, कानाचौर माविका उपेन्द्र रेग्मी र भगवतेस्वर माविका पारस बमले पाउन सफल भएका छन् ।

प्रथम,दि्तिय र तृतीय हुनेलाई क्रमशः झोला ,आधा दर्जन कपि र डट्पेन प्रदान गरिएको छ। सान्त्वना हुनेलाई झोला प्रदान गरिएको क्लामिटस् परियोजनाका संयोजक हेम चन्द्र जोशीले बताए ।


माध्यमिक स्तरीय बक्तित्वकलामा नौं वटा विद्यालयको सहभागीता रहेको जोशीले जानकारी दिए।

त्यस्तै रैथाने तथा स्थानीय बाली बीउ विविधता प्रदर्शनीमा बाेगटान फुड्सिल -१ कि बसन्ती मिजार प्रथम भएकी छन् । त्यस्तै द्वितीय बाेगटान फुड्सिल -४ कि राजु देवी विनाडि , तृतीय बाेगटान फुड्सिल -७ का यज्ञ सिंह बिठारि भएका छन् ।

सान्त्वना पुरस्कार बाेगटान फुड्सिल – ७ का दानसिंह विष्ट, वडा नम्बर -१ कि कल्पना देवी वि.क.
र वडा नम्बर ७ का भक्त बहादुर कुडमाल प्राप्त गरेका छन् ।

क्रमशः प्रथम, दितिय र तृतीय हुनेलाई प्रेस कुकुर फिल्टर, फिल्टर टिफिन बक्स र फिल्टर दिएको संयोजक जोशीले जानकारी दिए।

सान्त्वना हुने तिनै जनालाई कितली प्रदान गरिएको उनले बताए ।

रैथाने बाली, बिउँ भिजन लोप हुँदै गइरहेकाले संरक्षणका लागि प्रदर्शनी गरिएको जोशीले शिला खबरलाई जानकारी दिए ।

प्रदर्शनीमा पालिकाका १७ जना किसानहरूले फलफूल ,तरकारी र अन्नबाली प्रर्दशनि गरेका थिए ।

बक्तित्वकला प्रतियोगिताले विद्यार्थी पढ्ने बानी विकास सँगै क्षमता अभिवृद्धि समेत सहयोग पुग्ने बोगटान फुड्सिल गाउँपालिका शिक्षा शाखा प्रमुख खेम साउँदले बताए ।

बक्तित्वकला र प्रदर्शनीमा सहभागी सबैलाई प्रमाणपत्र समेत वितरण गरिएको साउँदले बताए ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.