Sujang

सुदूरपश्चिममा कांग्रेस र एसकाे समर्थनमा नाउपाका चाैधरीले गरे मुख्यमन्त्रीकाे दाबी पेस

बैशाख २ गते ,कैलाली :सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीकाे समर्थनमा नाउपाका चाैधरीले मुख्यमन्त्रीकाे दाबी पेस गरेका हुन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

सुदूरपश्चिममा सरकार गठन गर्न २७ सांसदकाे समर्थन चाहिन्छ । मुख्यमन्त्रीकाे दाबी पेस गर्ने चाैधरी नाउपाका संरक्षक रेशम चाैधरी पक्षका हुन् । बालुवाटारमा आज बिहान नाउपालाई मुख्यमन्त्री दिने सहमति भएकाे थियाे । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले भने आफूपक्षीय कैलाश चाैधरीलाई मुख्यमन्त्री बनाउन चाहेकी थिइन् ।

अर्काेतिर सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा एसले पनि दाबी गरेकाे थियाे । बालुवाटारमा बिहान भएकाे बैठकमा पनि एस अध्यक्ष माधवकुमार नेपालले मुख्यमन्त्री आफ्नाे पार्टीले पाउनुपर्ने अडान राखेका थिए ।

तर, आफ्नाे माग बेवास्ता गरिएपछि उनी रिसाएका थिए । त्यसपछि कांग्रेससहितकाे वैकल्पिक गठबन्धन बन्ने सम्भावना बढेकाे थियाे ।

Salmuni
Leave A Reply

Your email address will not be published.