मेडिकल जनरलिष्ट (एमडिजीपि, एमडिइएम), हाडजोर्नी तथा नशा रोग विशेषज्ञ, जनरल सर्जन डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको शिविरमा जम्मा ७०८ जनाले सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नविन माँझिले जानकारी दिए । जसमा महिला पाँच सय ६३ र पुरुष एक सय ४५ जना रहेका छन् ।
शिविरमा ३०८ जनाले हाडजोर्नी तथा नसारोग सम्बन्धिको सेवा लिएका छन् ।, २१३ जनाले प्रजनन् तथा स्त्री रोग सम्बन्धि सेवा, ५३ जनाले बालरोग सम्बन्धि सेवा, ४६ जनाले पेट रोग सम्बन्धि सेवा, ३८ जनाले नाक, कान, घाँटी सम्बन्धि सेवा लिएका छन् ।
त्यसैगरी ५० जनाले सामान्य चेकजाँच गराएका छन् भने ६० जनाले भिडियो एक्सरे सेवा लिएका छन् । विशिरमा ७१ जनाले मधुमेह जाँच गराएका छन् ।
शिविरको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले जनताको घरदैलोमै विशेषज्ञ डाक्टरहरुबाट सेवा दिने उद्देश्यले यो कार्यत्र।मको आयोजना गरेको बताए । गरिब तथा बिपन्न व्यक्तिहरुले स्वास्थ्य जाँच गर्न जिल्ला सदरमुकाम वा जिल्ला बाहिर जाँदा आर्थिक भार हुने भएकाले, यसबाट बच्न पनि यो विशिरले सहयोग गर्ने अध्यक्षले बताए ।
जनतासंग विशेषज्ञ डाक्टर कार्यक्रम अन्तर्गत संचालन भएको शिविरमा हाडजोर्नी तथा नसारोग सम्बन्धि सेवा, प्रजनन् तथा स्त्री रोग सम्बन्धि सेवा, बालरोग सम्बन्धि सेवा, मुटु, पेट, छाती, स्वासप्रश्वासन सम्बन्धि सेवा, नाक, कान, घाँटी सम्बन्धि सेवा, फिजिसियन तथा परामर्श सेवा, निस्शुल्क औषाधी सेवा, सुगर, मधुमेह जाँच सेवा, भिडियो एक्सरे सेवा, हाइड्रोसिल, हर्निया, पाइल्स सम्बन्धि परिक्षण, मृगौला, कलेजो, आन्द्रा सम्बन्धि सेवा, शरीरमा आउने गाँठागुठी तथा छालारोग सम्बन्धि सेवा संचालन भएका थिए
निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविरमा डडेल्धुरा अस्पतालबाट डाक्टर कम्लेश यादवको नेतृत्वको टिमले सेवा दिएको थियो ।