चैत २३ गते ,डोटी: नेपाल विद्यार्थी संघ बडिकेदार गाउँपालिकाको आयोजनामा बडिकेदार गाउँपालिका स्तरीय ‘जय नेपाल भलिबल कप’ हुने भएको छ ।
यही चैत्र २८ गतेदेखि वडिकेदार गाउँपालिकाको घाङ्गलमा रहेको वीरेन्द्र माध्यमिक विद्यालयको खेलमैदान जय नेपाल भलिबल प्रतियोगिता हुने पालिका सभापति प्रेम सापकोटा बताएका हुन् ।
प्रतियोगितामा प्रथम पुरस्कार रु. २८ हजार, ट्रफि मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार १८ हजार ट्रफि ,मेडल र प्रमाण पत्र प्रदान गरिने नेबिसंघ डोटीका उपाध्यक्ष यशोदा बोहराले बताए । त्यस्तै तृतीय पुरस्कार ८ हजार ट्रफि मेडल र प्रमाण रहेको उनले बताए ।
पालिका स्तरीय जय नेपाल भलिबल कप प्रतियोगिता लागि नेबिसंघ डोटी अध्यक्ष दीपेन्द्र सिंहको समन्वय तथा पहलमा खेल हुन गइरहेको नेबिसंघ नेता रोशन कोलीले बताए ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका खेलकुद” भन्ने नाराका साथ हुने भलिबल खेलमा टिम दर्ता शुल्क १ हजार २ सय पाँच रुपैयाँ तोकिएको आयोजकले जनाएको छ ।