Sujang

प्रदेश स्तरिय खप्तड-शैलेश्वरि गोल्ड कपको फाइनलमा कैलाली र भैरब प्रसाद गण

असोज, ९ गते, डोटी – बिजया दसमी तथा शुभ दिपावलीको पावन अवसरमा डोटीमा भइरहेको  प्रदेश स्तरिय खप्तड-शैलेश्वरि गोल्ड कप २०७९ अन्तर्गत भएको खेलमा कैलाली र भैरब प्रसाद गण फाइनलमा पुगेको छ।

आइतबार सेमिफाइनलका लागी भएको खेलमा कैलालीले डडेल्धुरालाई ३-१ गोलले पराजित गर्दै कैलाली फाइनलमा प्रवेश गरेको हो।

त्यस्तै शनिबार डोटी र भैरव प्रसाद गण बिच भएको सेमिफाइनल खेलमा भैरव प्रसाद गणले डोटीलाई ५ -२ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो।

सोमबार हुने फाइनल खेलकालागी भैरव प्रसाद गण र कैलाली बिच प्रतिस्पर्धा हुने छ।

गोल्ड कपमा प्रथम हुनेलाई १ लाख, दोस्रो हुनेलाई ५० हजार सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.