Sujang

गठबन्धनको निर्णय सच्याउन तरुण डोटीको अपिल

Ban

असोज, ९ गते, डोटी –नेपाल तरुण दल डोटीले गठबन्धनको निर्णय सच्याउन अपिल गरेको छ । कांग्रेसको भातृ संस्था तरुण दलले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै डोटीमा गठबन्धन स्वीकार्य नहुने जनाएको हो ।

Krishi

तरुण दल डोटीका अध्यक्ष टेक बहादुर रावलद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा स्थानीय निर्वाचनमा गठबन्धन बिना जनताको अपार माया र स्नेहले अपार सफलता हात पारेको डोटी कांग्रेस प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन गर्ने केन्द्रीय कमिटिको निर्णयले शसंकित भएको उल्लेख छ । आवश्यकता, औचित्यको पहिचान नगरी जनभावना विपरित गरिन लागेको गठबन्धन प्रति तरुण दलको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जवरजस्ती गरिएको गठबन्धन नेपाली कांग्रेसका लागि अप्रिय हुने विज्ञप्तिमा उल्लेख छ ।

“प्रजातन्त्र प्रेमी, न्याय प्रेमी, बुद्धिजिवि युवा तथा नेता कार्यकर्ता र पार्टीका संघ संगठनलाई फेरी एक पल्ट गठबन्धनले झस्काएको छ,“विज्ञप्तिमा भनिएको छ,“डोटी कांग्रेसको मर्म, डोटेली जनताको अभिमत र हजारौं युवा नेता कार्यकर्ताहरुको मनोभावना विपरित केन्द्रले गरेको निर्णय डोटी कांग्रेसका लागि अप्रिय हुनेछ ।”

जनभावना विपरित डोटी जिल्लामा गठबन्धन गर्ने निर्णय गरिए फलदायी परिणाम नदिने जनाउँदै उक्त निर्णय फेरवदल गरि “जनताको साथमा कांग्रेस” भन्ने नारालाई स्थापित गर्न र जनभावनाको कदर गर्दै गलत निर्णय हुनबाट रोक्न नेपाल तरुणदलले नेपाली कांग्रेस केन्द्रीय समितिसँग विज्ञप्ति मार्फत अपिल गरेको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.