चैत १५ , डोटी:डोटीमा आगोले जलेर एक महिला गम्भीर घाइते हुनुभएको छ । बिहिवार जिल्लाको शिखर नगरपालिका वडा नम्बर ४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारी पातालीसैन सामुदायिक वनमा सिँचाई योजनाको कुलो खन्नेक्रममा आगोले जलेर घाइते भएकि हुन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायण सिं नेगीका अनुसार दिउँसो करिब ४ बजेतिर जङ्गलमा लागेको आगोले जलेर भण्डारी घाइते हुनुभएको हो ।
भण्डारीको अवस्था गम्भीर रहेकोले सुजङ्ग अस्पताल राजपुरमा सामान्य उपचारपछि सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको प्रहरी नायव निरीक्षक नेगीले बताए ।