Sujang

सत्ता गठबन्धनलाई समर्थन गर्ने अध्यक्ष रञ्जिता पक्षको निर्णय

Ban
चैत १४,धनगढीः नागरिक उन्मुक्ति पार्टीले एमाले–माओवादी र रास्वपासहितको गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ।
Posan
Krishi

बुधबार पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले संघ र प्रदेश सरकारमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो। नागरिक उन्मुक्तिले सबै तहको सरकारमा सत्ता गठबन्धनलाई समर्थन गरेर अघि बढ्ने निर्णय गरेको हो। २१ जना केन्द्रीय सदस्य मध्ये बैठकमा १२ जना सहभागी थिए।

प्राविधिक समस्याका कारण केही केन्द्रीय सदस्य बैठक सहभागी हुन नसकेको बताइएको छ। यसअघि पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षीय संस्थापक केन्द्रीय सदस्यको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो। तर अध्यक्ष श्रेष्ठले भने प्रचण्डलाई विश्ववासको मत दिन ह्ववीप लगाएकी थिइन्।

सुदूरपश्चिम प्रदेशमा संरक्षक रेशमलाल चौधरीको जोडबलमा नागरिक उन्मुक्तिका पाँच जना सांसद कांग्रेस नेतृत्वको सरकारमा मन्त्री बनेका छन्। अध्यक्ष श्रेष्ठले समर्थन फिर्ता लिन निर्देशन दिए पनि प्रदेश संसदीय दलले भने मुख्यमन्त्री कमलबहादुर शाहलाई नै समर्थन गर्ने निर्णय गरेको थियो।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.