Sujang

आठौं राष्ट्रिय सुरक्षित गर्भपतन दिवस डोटीमा पनि मनाइयो

असोज ९ गते डोटी – डोटीमा आठौं राष्ट्रिय सुरक्षित गर्भपतन दिवस विभिन्न कार्यक्रम गरी मनाइएकाे छ । आइतबार ‘सुरक्षित गर्भपतन अपराध होइन अधिकार हो’ भन्ने मूल नाराका साथ यो दिवस मनाइएकाे हो । स्वास्थ्य कार्यालय डोटीको आयोजना तथा प्रजनन् स्वास्थ्य तथा सुरक्षित गर्भपतनका क्षेत्रमा काम गर्दै आइरहेका आइपास तथा सामुदायिक विकास मञ्चको सहकार्यमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

त्यसैगरी परिवार नियोजन संघ डोटीले समेत महिला स्वयंसेविका तथा सम्बन्धीत व्यक्तिहरुसंग दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक लक्ष्मणबहादुर सिंहले मानव स्वास्थ्यलाई ठिक ढंगमा राख्न महिला स्वयंसेविकाहरुको महत्वपूर्ण भूमिका रहेको बताए । ‘ग्रामिण भेगमा स्वास्थ्यमा समस्या आउँदा पहिले स्वयंसेविकालाईनै खबर गर्ने भएकाले तपाइहरु गाउँको डाक्टर हो’, संयोजक सिंहले भने, ‘डाक्टरले गर्ने कामको सुरुवात तपाइहरु मार्फत हुने गर्दछ।

Salmuni
Leave A Reply

Your email address will not be published.