चैत २, डोटी :अखिल नेपाल खेलकुद महासंघ डोटीको अध्यक्षमा श्याम सिंह नेपाली निर्वाचित भएका छन्। दिपायलमा आयोजना गरेको भेलाबाट नेपालीको अध्यक्षतामा २७ सदसीय समिती सर्बसम्मत चयन गरिएको हो ।
यस्तै महासंघको उपाध्यक्षमा सन्तोश खड्का, सचिवमा सुरज नेपाली, सह सचिवमा कृष्ण साउद र कोषाध्यक्षमा सारदा कुमाल सर्बसम्मत निर्वाचीत भएका हुन् ।
डोटी जिल्ला संयोजक श्याम सिंह नेपालीको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रदेश सभा सदस्य शिव सिंह ओली प्रमुख अतिथी रहेको कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघ सुदूरपश्चिम संयोजक तथा खेलकुद बिकास समिती कैलालीका अध्यक्ष ललीत खत्रि बिषिष्ट अतिथी रहेका थिए ।
प्रदेश सभा सदस्य ओलीले टाइमपास, मनोरन्जन, देखाउनलाई मात्र खेल्ने गरेको बताउदै उनले खेलकुदलाई भविश्य बनाएर लागेपछि आफ्नो बिकाससगैँ देशको बिकास गर्न सकिने बताए । उनले खेलको माध्यमबाट आफुसगैँ देशको पनि पहिचान गर्न सकिने बताए ।
सुदूरपश्चिम स्तरीय १४ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा डोटीको नतिजा पुछार आएको भन्दै उनले जिल्लाको खेलकुदको बिकासका लागि सबैले हातेमालो गर्न आबश्यक रहेको बताए ।
अखिल नेपाल खेलकुद महासंघ सुदूरपश्चिम संयोजक खत्रिले यूवाहरुलाई कुलतबाट बचाउन खेलकुदको बिकास गर्न आबश्यक रहेको बताए । उनले स्कुल स्तरमा रहका बालबालीकालाइ खेलकुद क्षेत्रमा समाबेस गर्न सके मात्र बालबालीकालाइ कुलतबाट बचाउन सकीने बताए ।
उनले खेलकुद भित्रका बिकृतीका बिरुद्ध आवाज उठाउनका साथै लगनशिल भएर खेलमा लाग्न सबैलाइ आग्रह गरे ।