Sujang

अन्तर्राष्ट्रिय भलिबल खेलाडी भण्डारीलाई दिसिनपाद्वारा सम्मान

फागुन २७ गते ,डोटी : दिपायल सिलगढी नगरपालिकाले अन्तर्राष्ट्रिय भलिबल खेलाडी जानकी भण्डारीलाई सम्मान गरेको छ ।
आइतबार नगर प्रमुख बाजि सिंह खड्का ‘विजय’ले एक कार्यक्रमका बिच भलिबल खेलाडी भण्डारीलाई सम्मान गरेका हुन् ।
दिसिनपा -५ निवासी भलिबल खेलाडी  भण्डारी गृह जिल्ला आउँदा सम्मान गरेको हो ।
भलिबल खेलाडी भण्डारीले २०७६ कार्तिक २१ गते देखि २९ गते सम्म बङ्गलादेशमा भएको प्रथम ए.भि.सी एसियन सेन्टरल जोन सिनियर महिला भलिबलमा नेपालको राष्ट्रिय महिला भलिबल टिमको प्रतिनिधित्व गर्दै नेपाललाई प्रथम स्थान हासिल गर्न सफल भएकोले नगरपालिकाले सम्मान गरेको नगर प्रमुख खड्काले बताए ।
उनले भने, ‘खेलाडीले नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षेत्रको पहिचान गराउने भएकाले उनीहरू राष्ट्रका लागि गहना हुन् ।’
राष्ट्रलाई सधैँ शिरमा राखेर खेलाडीले खेल खेल्ने भएकाले सरकारले मात्रै नभएर हरेक नागरिकले उनीहरूको सम्मान गर्नुपर्नेमा उनले जोड दिए।
भलिबल खेलाडी भण्डारी नेपाल आर्मीमा कार्यरत खेलाडी हुन् ।
त्यस्तै खेलाडी भण्डारीलाई दिसिनपा – ५ को वडाले समेत सम्मान गरेको वडा अध्यक्ष गणेश भण्डारीले बताए ।
सम्मान कार्यक्रममा नगर उप प्रमुख कलावती महर साउद , दिसिनपा ४,५ र ६ का वडा अध्यक्ष भण्डारी, असोक शोप र  नरेश मलासी लगायतको उपस्थिति रहेको थियो ।
Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.