Sujang

गायक तथा सञ्चार कर्मी महासागको माया गर्ने मन बोलको लोकदोहोरी गीत सार्वजनिक

गणेश मौनी,फागुन २० डोटी:गायक तथा सञ्चार कर्मी नवीन जेठरा महासागरको माया गर्ने मन बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ ।
नवीन जेठरा महासागरको शब्द सङ्गीतमा रहेको लोक दोहोरी गीत माया गर्ने मन बोलको गीतमा स्वर सुनिता बुढा क्षेत्री , नवीन जेठरा महासागर र अर्जुन साउँदको रहेको छ । लोकदोहोरी गीत फागुन २० गते रानी म्युजिक सोलुसन अफिसीयल युट्युब च्यानलबाट सार्बजिनिक भएको छ ।
आइतबार सार्वजनिक भएको माया प्रीति सम्बन्धीको नयाँ लोकदोहोरी गीत सबैले मन पराउने गायक महासागरले बताएका छन् । उनले एक पटक गीत हेरेर प्रतिक्रिया दिन समेत आग्रह गरेका छन् ।
सञ्चार जगतको क्षेत्रमा लामो समय देखि कार्यरत गायक महासागरले आफ्नो स्वर र सिर्जनामा एक दर्जन भन्दा बढी डिजे, लोकदोहोरी र डेउडा गीत बजारमा सार्वजनिक समेत गरिसकेका छन् । उनलाई डोटी, कैलाली, सुर्खेत जिल्लाका विभिन्न स्थानहरूमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा आयोजकहरूले गायकको रूपमा बोलाउने गरेका छन् ।गायक तथा संञ्चारकर्मि महासागर टिकटकमा पनि मन छुने शब्दहरू राख्दै चर्चामा चुलिएका छन् उनले टिकटकमा राखेका शब्द र स्वरमा हजारौँ व्यक्तिहरूले टिकटक बनाउँदै सार्वजनिक गरेको पाइन्छ । हाल उनी डोटीको बडीकेदारमा रहेको सामुदायिक रेडियो बडीकेदारमा कार्यक्रम संयोजकको रूपमा कार्यरत छन् ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.