फागुन १९ गते ,डोटी ः डोटीमा तिन महिने निःशुल्क कम्प्युटर तालिम सुरु गरिएको छ । शनिवार सिलगढीमा एक कार्यक्रमका बिच निःशुल्क कम्प्युटर तालिमको उद्घाटन गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले तालिमको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै कम्प्युटर ज्ञान सिप अहिले निक्कै आवश्यक भएकोले यसको सही सदुपयोग गर्न उनले सहभागीलाई जोड दिए । मासिक चार ÷पाँच हजार तिरेर कम्प्युटर सिकी रहेका विद्यार्थीका लागि यो सुनौलो अवसर भएकोले यसको भरपुर प्रयोग गर्न सवैमा समन्वय प्रमुख सिंहले अनुरोध गरे ।
कार्यक्रममा बोल्दै डोटी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लोकराज भट्टले अहिलेको समयमा कम्प्युटर प्रयोग सबै ठाउँमा हुने भएकोले ध्यान दिएको सिक्न सहभागी विद्यार्थीमा अनुरोध गरे ।
कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाका — ६ का वडा अध्यक्ष नरेश मलासिले तिन महिने कम्प्युटर सिकाइको अवसरलाई राम्रो सँग व्यवहारमा उतार्न जोड दिए ।
निजी तालिम केन्द्रमा गएर कम्प्युटर सिक्दा विद्यार्थीले महँगो शुल्क तिनुपर्ने भएकाले पनि स्थानीय सरकारको सहकार्यमा निःशुल्क तालिमको सुरु गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताए । तालिममा सहभागी सबैले अनुशासित भएर सिप सिकेर दक्ष बन्न उनले जोड दिए ।
मानवीय सेवामा अनेकौँ प्रयास संस्था कैलालीको आयोजना तथा दिपायल सिलगढी नगरपालिका र पुर्विचौकि गाउँपालिकाको सहकार्यमा तिन महिने निःशुल्क बेसिक कम्प्युटर तालिमको आयोजना गरिएको छ ।
तालिममा दिपायल सिलगढी नगरपालिकाबाट ३० जना र पुर्विचौकि गाउँपालिकाबाट २० जनाको सहभागिता रहेको संस्थाका अध्यक्ष जोशीले बताए । तिन महिने तालिमको प्रशिक्षक रूपमा विक्रम केसी रहेको छन् ।