Sujang

कैलालीको श्रीपुर खानेपानीमा काँग्रेस एमालेबाट अध्यक्षमा शाही र स्वतन्त्रबाट साउँदको प्यानल सहित भिड्दै 

फागुन १८,अत्तरिया : कैलालीको  गोदावरी – ६ श्रीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति को नयाँ नेतृत्व चयन को लागि निर्वाचन हुने भएको छ । सहमतिबाट नेतृत्व चयन नभएपछि निर्वाचन बाट नेतृत्व चयन हुने भएको हो ।
भोलि (शनिबार ) हुने निर्वाचन को लागि मङ्गलवार उम्मेदवारी दर्ता भएको थियो । जस अनुसार अध्यक्षमा दीर्घ बहादुर साउँद र चन्द्र बहादुर शाहीको उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा उत्रिएका छन्  ।
शाही काँग्रेस समर्थक हुन भने साउँदले दलीय रूपमा नभएर स्वतन्त्र उम्मेदवारी दिएका छन् । साउँदको टिमको सचिवमा खेमराज ओझाले उम्मेदवारी दिएका छन् भने शाहीको टिमबाट सचिवमा गोपाल सिंह साउँदले उम्मेदवारी दर्ता गरेका छन् ।
यस्तै उपाध्यक्षमा बिना गोतामे र खड्क बहादुर सार्कीले उम्मेदवारी दिएका थिए  । सार्कीले उम्मेदवारी फिर्ता लिए पछी गोतामे निर्बिरोध निर्वाचित भएकि हुन् ।
कोषाध्यक्षमा महानन्द भट्ट र खगेन्द्र  पनेरुको उम्मेदवारी दिएका छन्  ।
दलीय रूपमा काँग्रेस एमाले नयाँ नेतृत्वको लागि एक ठाउँमा उभिएका छन् । काङ्ग्रेसले अध्यक्ष सहित कोषाध्यक्ष लिएको छ भने एमालेले सचिव सहित अन्य पद लिएको छ ।
अर्को तिर साउँद समूहले आफूलाई स्वतन्त्र समूह बताउने गरेको छ । उक्त खानेपानी संस्था केही समय अघि घुस लेनदेनमा विवादित समेत बनेको थियो । संस्थाका १३ सय बढी उपभोक्ता रहेका छन् ।
Salmuni
Leave A Reply

Your email address will not be published.